दुर्गन्धित जुठा गिलासहरू (लघु कथा)
महेन्द्रनगर । तरकारी फलफूलको थोक व्यापार गर्न स्थापना गरिएको धनगढीको एउटा व्यापारिक फर्ममा हरि सुनारले काम गर्ने अवसर पायो । त्यो भन्दा पहिले उ होटेलहरूमा भाडा माझ्ने काम गर्थ्यो । अब भने उसले रक्सी पिएका गिलास नमाझ्नु पर्ने भो भनेर उ साह्रै खुशी भयो । त्यहाँ उसले आठ बर्षसम्म काम गर्यो । त्यो अवधिमा फर्मका केही लगानी कर्ताहरूले उसलाई विहान कलेज गएर पढ्नेसम्मको वातावरण बनाई दिएका थिए भने केहीले उसको विवाहको बेला ब्याज तिर्नु नपर्ने गरि ऋण पनि दिएका थिए ।
जब फर्म निकै नाफामा गयो । नाफामा गएपछी स्थापना कालदेखि इमान्दारीतापूर्वक मेहनत र अनुशासनमा रहेर काम गरेको भनी फर्मले हरिलाई नगद पुरस्कार सहित खादा लगाएर सम्मान गरेको पनि थियो । यद्यपि पारिश्रमिक बढाउनु पर्दा र पदोन्नति गर्दा लगानीकर्ताहरूले आफ्ना नातेदारहरूलाई मात्र गर्थे । यस्तो विभेदले उसको निकै चित्त दुख्थ्यो । तर पनि लामो समय काम गरेको फर्म प्रति उसको लगाव थियो ।
फर्म समृद्ध भैसकेपछी कति भाडाकै बिल्डिङमा बस्ने लागेर फर्मले आफ्नै बिल्डिङ निर्माण गर्यो । गृह प्रवेशको भव्य अनुष्ठान गरिने भयो । रमेशले एकदिन अगाडि फर्मको म्यानेजरको निर्देशनमा यज्ञ निर्माण गर्यो । पूजा गर्ने समयमा यज्ञ मण्डप भित्र नपस्नु भनेर हरिलाई एसएमएस गरियो । राम्रो हुदैन भनेर रे १ भोलिपल्ट अफिस समयमा हरिले राजिनामा पत्र कम्पनीलाई बुझायो ।
उसलाई असल लागेका र सहयोग गरेका केही मान्छेहरूले फर्म नछोड्न आग्रह गरे । तर उसलाई विभेद गर्नेहरूलाई कानुन अनुसार गर्नुपर्छ भन्ने लागेर पनि केही असल मान्छेहरूको गुन र जसका कारण कृतघ्न पो भइने हो कि भन्ने लागेर आफै भित्र दबाएर राख्यो, आक्रोश र विद्रोह । त्यहाका साहुहरू धेरै जस्तो रक्सीको दुर्गन्धित जुठा गिलासहरू नै लागे उसलाई ।