महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउद बुधबार भारतको नयाँदिल्ली पुगेका छन् । रायसिना संवादको नवौँ संस्करणमा भाग लिन उनी नयाँदिल्ली गएका हुन् । उनलाई नयाँदिल्लीमा भारतका लागि नेपाली रजादूत डा. शंकर शर्माले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
रायसिना संवाद एक बहुपक्षीय प्लेटफर्म हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।
Comments are closed.