दुई दिने प्रशिक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङ । क्यानडा नेपाल पर्यटन, संस्कृति तथा व्यापार केन्द्रद्वारा संचालित अधिराज्यव्यापी किशोरकिशोरीका लागि यौन शिक्षा तथा महिनावारीमा अपनाउनुपर्ने सावधानी सम्वन्धी दुई दिने सचेतनामूलक प्रशिक्षण अभिमुखीकरण कार्यक्रम निलकण्ठ न.पा धादिङबेसीले सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै निलकण्ठ न.पा का प्रमुख भिमप्रसाद ढुङगानाले नगरपालिकाले प्रशिक्षण अभिमुखीकरण कार्यक्रममार्फत सचेतना जागृत गदैँ आएको बताउदैँ आगामी दिनहरुमा पनि सहकार्य गदैँ जाने बताउनुभयो । कार्यक्रममा बोल्दै पुर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले किशोरकिशोरीहरुले समयमै स्वास्थ अवस्थालाई ख्याल नगर्दा ठुलो क्षती हुने गरेको बताउनुभयो ।

उहाँले किशोरकिशोरीका लागि यौन शिक्षा तथा महिनावारीमा अपनाउनुपर्ने सावधानी सम्वन्धी सचेतनामूलक प्रशिक्षण अभिमुखीकरण कार्यक्रमले समयमै सचेत गराउने बताउनुभयो । प्रशिक्षण अभिमुखीकरण कार्यक्रममा फिजिसियन डा।सुरेन्द्र विक्रम बस्नेत र स्त्रीरोग विशेषज्ञ डा कविता अधिकारीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण अभिमुखीकरण कार्यक्रम नगरपालिकाका चार वटा विदयालयमा दिइएको थियो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.