टिकापुरमा कोरोना संक्रमित भेटिए भन्दै भ्रम फैलाउने एक जना पक्राउ

कैलालीको टिकापुरमा कोरोना संक्रमित भेटिए भन्दै भ्रम फैलाउने एक जना पक्राउ परेका छन । टीकापुर नगरपालिका १ का पवनकुमार भट्टराईले फेसबुकमा गलत प्रचार गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भ्रम फैलाएकाले आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

पक्राउ परेका भट्टराईले फेसबुकमा ‘टीकापुर नगरपालिका– १ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिए’ भनेर प्रचार गरेका थिए

सम्बन्धित

Comments are closed.