परराष्ट्रमन्त्री साउद ः रूसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन हरसम्भव प्रयास गरिरहेका छौं

महेन्द्रनगर । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदले बताएका छन्। अन्तर्राष्ट्रिय रेडक्रस परिचालन गरेका छौँ र संयुक्त राष्ट्रसँग पनि मेरो लगातार कुरा भइरहेको छ,’ उनले भने,

शनिवार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताएका हुन्।‘

उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि दुई सय ४४ वटा उजुरी आफूकहाँ परेको बताउँदै त्यहाँ रहेकाहरूलाई फिर्ता ल्याउनका लागि आफू लगातार लागेको दोहोर्‍याएका हुन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.