कञ्चनपुरको बेल्डाडी गाउपालिकाले पालिका भित्र रहेका अतिविपन्न र गरीबहरुलाई राहत वितरण कार्य शुरु

कञ्चनपुरको बेल्डाडी गाउपालिकाले पालिका भित्र रहेका अतिविपन्न र गरीबहरुलाई राहत वितरण कार्य शुरु गरेको छ ।

गाउपालिकामा रहेका अतिविपन्नहरुलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्रीहरु वितरण गर्ने कार्य शुरु गरिएको बेल्डाडी गाउपालिकामा रहेको स्वास्थय शाखाका संयोजक माधवानन्द भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

उहाका अनुसार बेल्डाडी गाउपालिकाको वडा नम्बर २ र ४ मा राहत वितरण कार्य शुरु गरिएको हो । बेल्डाडी गाउपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उनीहरुको स्वास्थय अवस्थाको चेकजाच गर्नका लागि ३ जना चिकित्सकहरुको टोली बनाइएको स्वास्थ्य शाखा संयोजक भट्टले बताउनु भयो ।

बेल्डाडी प्राथमिक स्वास्थ्य केन्द्रमा ससाना समस्याहरु पनि लिएर आउनेक्रम भने नरोकिएको चिकित्सकहरुले बताएका छन् । ओपीडी सेवा समेत खुल्लै रहेको र सामान्य टाउको दुखाई लगायतका स्वास्थ्य समस्या देखिने बित्तिकै स्वास्थ्य संस्थामा आउनेक्रम जारी रहेको बेल्डाडी प्राथमिक स्वास्थय केन्द्रले जनाएको छ ।

बेल्डाडी गाउपालिकामा कोरोना भाइरसको संक्रमण भएको आशंकामा २ जनाको नुमना संकलन गरी पठाइएको भएपनि तिनीहरुको रिर्पाेट नेगेटिभ आएको बेल्डाडी प्राथमिक स्वास्थय केन्द्रका डा.रवि रोकायाले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.