कृष्णपुर नगरपालिकामा राहत वितरण कार्य शुरु

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडाहरुमा राहत वितरण कार्य शुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि दैनिक गुजारा गर्न नै समस्यामा परेका विपन्न तथा अति गरीबहरुको तथ्याङ्क संकलन गरी राहत वितरण कार्य शुरु भएको कोरोना भाइरसबारे जानकारी दिन कृष्णपुर नगरपालिकाका सम्पर्क व्यक्ति फोकल पर्सन नन्दलाल बोहराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

उहाका अनुसार कृष्णपुर नगरपालिकाका वडा नम्बर ५ र वडा नम्बर ६ मा राहत वितरण कार्य शुरु भएको छ । वडा नम्बर ५ मा ५ सय ३० जनाले राहत पाउने र वडा नम्बर ६ मा भने ५२ जनाले राहत पाउने बोहराले बताउनु भयो ।

राहतमा ५ जना भन्दा बढि सदस्य भएको परिवारलाई ३० किलो चामल, ३ किलो दाल, १ पोका तेल, १ किलो नुन वितरण भइ रहेको फोकल पर्सन बोहराले बताउनु भयो ।

कृष्णपुर नगरपालिकाका ३ ओटा स्थान वाणी, गुलरीया र रैखबारमा क्वारेन्टाइन निर्माण गरिएको बताउदै बोहराले वाणीमा रहेको क्वारेन्टाइनमा ९ जना राखिएको, रैखबारमा २ जना राखिएको जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.