शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का विपन्नहरुले आफुहरुले राहत नपाएको गुनासो गरे

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का विपन्नहरुले आफुहरुले राहत नपाएको गुनासो गरेका छन् । सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि लकडाउन गरेको करीब २ हप्ता बितिसक्दा समेत आफुहरुले कुनै पनि निकायबाट राहत नपाएको उनीहरुको गुनासो छ ।

वडा नम्बर १२ मा बसोबास गर्ने वडावासीहरुले लकडाउनका कारण काम गर्न नपाएको र जनप्रतिनिधीहरुले पनि कुनै किसिमको राहत वितरण नगरेको गुनसो गरेका हुन् ।

वडा नम्बर १२ का अधिकांश वडावासीहरुमा कोरोना भाइरसबारे जानकारी समेत नभएको र बच्न अपनाउनुपर्ने सतर्कता लगायतका विषयमा पनि जानकारी नपाएको र विपन्नहरुले समेत राहत नपाएको वडा नम्बर १२ का स्थानीय बाट बालसुग्रीव रानाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

उहाका अनुसार कुनै पनि निकायले कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने सर्तकता लगायतका विषयमा जनचेतनामुलक कार्यहरु पनि गरेका छैनन् भने दैनिक ज्यालादारी गरी खानेहरुलाई समेत कुनै किसिमको राहत दिइएको छैन् ।

वडा नम्बर १२ मा भारतबाट आएकाहरु पनि खुला रुपमा हिडिरहेको रानाले बताउनु भयो । यस विषयमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बाले रानासंग बुझ्दा उहाले वडाका जनप्रतिनिधीहरु, स्वास्थ्य स्वयम्सेविकाहरु मिलेर जनचेतनामुलक कार्यक्रम गरेको दाबी गर्नु भयो ।

साथै वडाअध्यक्ष रानाले वडासंग बजेट नभएकाले राहत वितरण गर्न नसकेको भने स्वीकार गर्नु भयो । यद्यपि वडा नम्बर १२ ले करीब २ सय ७५ जना अति विपन्न, ज्यालादारीमा काम गर्नेहरुको लगत संकलन गरेको र सोही तथ्यांक अनुसार प्रदेशबाट आउने राहत वितरण गरीने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.