कञ्चनपुरको बेदकोट नगरपालिका भित्रका सहकारी संस्थाहरुले बेदकोट नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् ।
वेदकोट नगर पालिका भित्रका लकडाउनमा परि समस्यामा परेका गरिव, मजÞदूर बिपन्न बर्गका मानिस लाई राहत उपलब्ध गराउन नगरपालिकाले स्थापित कोषमा सहकारी सन्जालका अध्यक्ष धर्मराज जोशीको बिशेस पहलमा सहकारी संस्थाहरुले हालसम्म रु.३,६६,८७० रकम जम्मा गरेका हुन् ।
साना किसान सहकारीहरुले खाद्य सामग्री उपलब्ध गराएका छन् भने अन्य सहकारीले कोषमा चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण सहकारीले पटक पटक गरि रकम जमा गरेका छन् ।
अहिलेसम्म १३ वटा संस्थाले सो रकÞम सहयोग गरेका र बाकÞी सहकारीले पनि सहयोग गर्ने प्रतिबद्धता गरेको सन्जालका अध्यक्ष धर्मराज जोशीले बताउनु भयो । बेदकोट नगर सहकारी सन्जालका अध्यक्ष धर्मराज जोशीले बिपतको यस अवस्थामा आफ्नो क्षमता अनुसार स्वेच्छिक रुपमा सहयोग गर्न सबै सहकारीहरुलाई अनुरोध समेत गर्नु भयो ।
Comments are closed.