सुदूरपश्चिममा २ सय ५९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमुना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमुनाको नतिजा नेगेटिभ आएको छ ।

यहाँ शुक्रबार आयोजित  मिडया ब्रिफिङमा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमुना मध्ये एक हजार ४३२ नमुनाको नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४८९, कञ्चनपुरका १३७ र डोटीका २१३ जनाको रगतको नमुना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिनुभयो । क्वरेण्टीनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमुना जाँच गर्ने लक्ष्य छ । नमुना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब सङ्कलन गरी परीक्षण गरिने जनाइएको छ ।
 प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वरेण्टीनमा शङ्कास्पद बिरामी थपिने क्रम बढ्दै गएको छ । शुक्रबारसम्म जम्मा ५६ बालबालिकासहित दुई हजार ५१३ क्वरेण्टीनमा बसेका छन् । बिहीबारसम्म क्वोरेन्टाइनमा ५६ बालबालिकासहित दुई हजार ४६६ बसेको तथ्याङ्क थियो । यस्तै बिहीबारसम्म १७ विभिन्न अस्पतालको आइसोलेसनमा बसेकोमा शुक्रबार दुई जना थपिएका छन् । आइसोलेसनमा बसेकामध्ये ५८ सामान्य उपचारपछि फर्किको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.