महेन्द्रनगर । वेदकोट नगरपालिकामा स्वास्थ्य सम्बन्धी अर्ध वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलवार र बुधवार गरी २ दिन सम्म संचालन भएको उक्त कार्यक्रम आज बुधवार सम्पन्न भएको हो । स्वास्थ्य शाखाले गरेको कार्यहरुको ६ महिनामा देखिएको प्रगतीहरुको विषयमा छलफल भएको थियो ।
कार्यक्रममका सभाध्यक्ष एवम नगर पालिका प्रमुख भोजराज बोहराले आफनो इमान्दारिता लगनशिलता र पारदर्शीताका साथमा कार्य सम्पादन गर्न र सेवाग्राहीहरुलाई मार नपर्ने गरी सेवा प्रदान गर्न स्वास्थ्य कर्मचारीहरुलाइ निर्देशन दिनु भएको छ । साथै राम्रो कार्य गर्नेलाई पुरस्कारको व्यवस्था गरिने पनि उहाँले बताउनु भयो । यस्तै कार्यक्रममा आफनो भनाइ राख्दै नगर उपप्रमुख तुलसी जोशीले स्वास्थ्य भनेको मानव जिवनमा अति नै अपरिहार्य भएकाले यो विषयमा संवेदनशिल भएर काम गर्न आग्रह गर्नु भयो ।
साथै स्वास्थ्य क्षेत्रमा विपन्न, पिडित, आर्थिक रपमा पछाडी रहेका हरुलाई स्वास्थ्यमा पहुँच दिएर सबैको स्वास्थ्यमा सेवा दिने वातावरण निर्माण गर्न बताउनु भयो । साथै पालिकाले गर्ने साथ र सहयोगका लागी सदैव तत्पर रहेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले १० वटै वडामा रहेका स्वास्थ्व सेवोकेन्द्रका प्रमुखहरुले आफनो प्रगति विवरणहरु प्रस्तुत गर्नु भएको बताउनु भयो ।
खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, ग्रामिण अल्टासाउन्ड सेवा, क्षयरोग कुष्ठ, कालाजार औलो लगायतका विषयमा प्रगती विवरण प्रस्तुत गरिएको थियो । सुडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा भौतिक पूर्वाधारको अभाव रहेको बताएका थिए ।
उक्त क्षेत्रमा भवनको व्यव्स्थापन भएको र केही दिनमा हस्तान्तरण भई बर्थिङ सेन्टर संचालनमा आउने स्वास्थ्य शाखा प्रमुख पालले बताउनु भयो । स्वास्थ्यसेवा केन्द्रहरुमा पछिल्लो समयमा सरसफाई कर्मचारकिो अभावले सेवा प्रदान गर्नमा केही असजिलो भएको पनि सहभागी हरुले बताएका थिए ।
उक्त कार्यक्रममा १० वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रतिनिधी, पत्रकार लगायतको उपश्थिती रहेको थियो ।