३३ जना चिकित्सकको टोली सुदूरपश्चिम आउने

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्या बढेपछि काठमाण्डौबाट ३३ जना चिकित्सकको टोली आउने भएको छ । सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउनका संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाउन लागेको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संघीय मन्त्रालयमा यसबारे छलफल भइरहेको बताउँदै चिकित्सकको टोली धनगढी आउने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषज्ञ डाक्टरको टोली आउन लागेको हो । संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाउने र सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङख्या पाँच पुगिसकेको छ ।

सम्बन्धित

Comments are closed.