संयमता अपनाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध

कञ्चनपुर उद्योग उद्योग वाणिज्य संघको बुधवार संघका अध्यक्ष जंग वहादुर मल्लको अध्यक्षतामा वसेको कार्यकारिणी समिति बैंठकले कोरोना भाईरस (कोभिड १९) को माहामारी रोकथामका लागि देश लकडाउमा रहेकोले सबैलाई संयमता अपनाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । साथै स्थानिय सरकारलाई रु.५१ हजार आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी लकडाउनले गर्दा उद्योग व्यवसाय धरासाही भईरहेको हुदा कम्तिमा ६ महिनाको व्याज मिन्हाको लागि नेपाल सरकारका सम्वन्धित निकाय र वित्तिय निकायलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । यस अवस्थामा दैनिक जीवन यापन गर्न असहज परिस्थिति उत्पन्न भई रहेको हुदा सो लाई मध्यनजर गरि दैनिक उपभोग्य वस्तुहरु सहजरुपमा उपलब्धता लगायतका कार्यको लागि स्थानिय सरकार तथा स्थानिय प्रशासन संग समन्वय गर्न संघका वरिष्ठ उपाध्यक्ष पिताम्वर जोशीको संयोजकत्वमा प्रथम उपाध्यक्ष हेमराज जोशी र द्वितीय उपाध्यक्ष मदनराज पन्त सदस्य रहेको विपत व्यवस्थापन तथा समन्वय समिति गठन गर्ने निर्णय समेत गरिएको अध्यक्ष मल्लले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.