महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीका युवा समाजसेवी रविन्द्र ओझाले आफनो जन्मदिनको अवसरमा खाद्यन्न सहयोग गर्नु भएको छ । बुधवार आफनो जन्मदिनको अवसरमा वेदकोट नगरपालिका ७ रौटेलामा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यन्न सहयोग गर्नु भएको हो । हाल वैदेशिक रोजगारको सिलसिलामा कोरियामा रहँनु भएका युवा समाजसेवी ओझाले खाद्यन्नमा चामल, दाल, नुन, तेल, पिठो, चिनी, साबुन सोडा, तरकारी लगायतका खानेकुराहरु सहयोग गर्नु भएको छ ।
ओझाले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको र सबैले यसरी नै सहयोग गर्नुभयो भने समस्यामा रहनु भएका पिडामा हनु भएकाहरुको मनमा खुसी मिल्ने बताउनु भयो । आफुले विदेशमा गरेको परिश्रम मिहिनेत पसिनाले कमाएको पैसाले केही मात्रै भएपनि सामाजिक क्षेत्रमा लगाउने उद्येश्यले सहयोग गरेको युवा समाजसेवी ओझाको भनाई रहेको छ ।
पछिल्लो समय अनावस्यक खर्च गरेर होटलमा गएर जन्मदिन मनाउने परम्परा रहेको हुँदा आफनो जन्मदिनमा सामाजिक क्षेत्रमा रहेका दिनदुखी, असाहय, गरिव, पिडितलाई सहयोग गरेर उनीहरुको अनुहारमा खुशी दिन सक्नु नै महान कार्य हुने भएकोले सहयोग गरेको बताउनु भयो । पछिल्लो समय युवाहरु कुलतमा फस्ने, सामाजिक कार्यमा खासै चासो नदेखाउने गरेको पाईएको प्रती युवा समाजसेवी ओझाले दुख व्यक्त गर्नु भएको छ ।
खाली बस्नु भन्दा केही न केही कार्य गरेर आफु र आफनो परिवारको पेट पाल्ने तर्फ लाग्नु पर्ने र केही रकम सामाजिक उत्तरदायित्व तर्फ पनि खर्च गर्नु पर्ने बताउनु भयो । वेदकोट नगरपालिका ७ रौटेलाको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहनु भएका वृद्धवृद्धाले युवा समाजसेवी रविन्द्र ओझालाई लामो आयु, सुख शान्ती, सम्वृद्धी र सामाजिक सेवामा निरन्तर यसरी नै लाग्न आग्रह गर्नुभएको छ ।
साथै उहाँहरुले युवा समाजसेवी ओझाको परिवारलाई आर्शिवाद तथा धन्यवाद व्यक्त गर्नु भएको छ । ओझाले विगतका दिनमा पनि आफनो गाँउमा रहेको श्री यूवा वर्ष मावीलाई २५ हजार, क्यान्सर पिडितलाई ८० हजार सहयोग, अनाथ वालवालिकाहरुलाई सहयोग गर्नु भएको छ ।
सानै देखी सहयोगी भावना समाजमा केही गर्नुपर्छ भनेर सामाजिक कार्यमा पनि अहम भुमिका रहेको छ ।
Comments are closed.