कोरोना भाइस कोभिड १९ फैलिन नदिन आआफ्नो ठाउबाट सहयोग गर्न सरोकारवालाहरुसंग आग्रह

कैलालीको धनगढी उपमहानगरपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइस कोभिड १९ फैलिन नदिन आआफ्नो ठाउबाट सहयोग गर्न सरोकारवालाहरुसंग आग्रह गरेको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड र उपप्रमुख सुशीला मिश्र भट्टले नगरवासीहरु, सरोकारवालाहरुसंग आग्रह गरेका हुन् । उहाहरुले बुधवार एक अपिल जारी गर्दै सम्पुर्ण धनगढी उपमहानगरपालिकावासीहरु, राजनितिकदल, नेपाल रेडक्रस सोसाइटी धनगढी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन अनुरोध गरिएको छ । कोरोना भाइरसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उप–महानगरको श्रोत साधनले भ्याए सम्म सतर्कता, चेकजाँचमा जुटेको समेत जनाइएको छ । सरकारले कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण फैलन नदिन बैशाख १५ गते सम्मका लागि सिंगो देश लकडाउन गरेकाले सरकारले गरेको निर्णयको पालना गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ । अहिले खाद्यान्न र तरकारीका पसल बन्द रहेकाले अतिआवश्यक दैनिक उपभोग्य बस्तुको होम डेलिभरी गरि दिन उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायी लगायतका सबैमा आग्रह गरिएको छ । लकडाउनका कारण छाक टार्न समस्या भएका परिवारले सम्वन्धीत वडाका वडा अध्यक्ष, स्थानीय प्रशासन र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधीहरुसंग समन्वय गरेमा सम्वन्धीत ठाउँमा नै खाद्यान्न उपलब्ध गराउने ब्यबस्था गरिएको जानकारी गराउदै उपमहानगरपालिकाले खाद्यान्न खरिद गर्न सक्ने, जगेडा खाद्यान्न भएको परिवारलाई राहात नलिन र लिएको पाईएमा कडा कार्वाही गरिने समेत जनाएको छ । साथै कोरोनाको जोखिमबाट बच्नका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा अनुरोध समेत गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.