कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ३ हजार २ सय १६ जनाले आफुहरुले राहत पाउनुपर्ने भन्दै माग गरेको पाइएको छ । कोरोना भाइरसको नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने भनिएपछि नगरपालिकाका सम्पुर्ण वडाहरुबाट कुल ३ हजार २ सय १६ जनाले राहत पाउनु पर्ने माग गरेकाले सम्बन्धित वडाहरुबाट सो लगत संकलन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल बहादुर ऐरले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । शुक्लाफाँटा नगरपालिकामा रहेका आरक्षपीडितहरुलाई राहत वितरण गर्न के गर्दै हुुनुहुन्छ भन्ने प्रश्नमा नगर प्रमुख ऐरले दैनिक गुजारागर्न समस्यामा परेकाहरुको तथ्याङ्मा ३२ सय १६ जना परेका बताउदै सम्बन्धित वडाको नजरमा परेका भए उनीहरुको पनि तथ्याङ्क संकलन भएको हुनसक्ने बताउनु भयो । नगरपालिकामा आरक्षपीडित, सुकुम्बासी लगायत अन्य समुदाय समेत रहेको बताउनु हुदै नगर प्रमुख ऐरले राहत मापदण्डअनुसार दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विपन्नहरुलाई मात्रै राहत वितरण गर्नुपर्ने उल्लेख गरिएको दाबी गर्नु भयो ।
Comments are closed.