भीमदत्तले आयोजना गरेको १ महिने कुक र वेटर सम्बन्धी तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आयोजना गरेको कुक र वेटरको सम्बन्धी तालिम सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोग र सिटिजन ईन्टरनेशनल म्यानेजमेन्ट कलेजको प्रावीधीक सहयोगमा एक महिने कुक र वेटरको सम्बन्धी तालिम सम्पन्न भएको हो ।

२० जना वेटर र २० जना कुकमा युवायुवतीहरुलाई दक्ष बनाएर सिप सिकाएर रोजगार गर्ने क्षमतावान बनाउने लक्ष्य अनुरुप यो एक महिने तालिम प्रदान गरिएको भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले जानकारी दिनुभयो । अहिले युवायुवतीहरु कक्षा १२ पास गर्ना साथ विदेश जाने योजना बनाई रहेको अवस्थामा भीमदत्त नगरपालिका ४० जना युवायुवतीहरुलाई सिप सिकाएर आफनै देशमा केही रोजगार गरुन भनेर यो सिप मुलक तालिम प्रदान गरीएको बताउनु भयो ।

खाडी मुलकमा जान नपरोस भनेर भीमदत्त नगरपालिकाले युवायुवतीहरुलाई तालिम दिइएको बताउनु भयो ।पालिकाले गरेको लगानी तब फिर्ता हुन्छ जव ४० जना युवायुवतीहरु कुनै न कुनै होटलमा या अन्य क्षेत्रमा काम गरिरहेको भनेर जानकारी दिनुभयो भने त्यही हाम्रो लगानी लगाएको सार्थक हुने र सबैलाई खुसीको अनुभुती हुने कार्यवाहक नगर प्रमुख लेखकले बताउनु भयो ।

यो तालिम पश्चात आफुले सिकेको सिपलाई आफनो व्यवहारमा लागु गरी आफुलाई स्वरोजगार बनाउने तर्फ ध्यान दिन र आफनो भविश्य निर्माण गर्न आग्रह गर्नु भयो । अहिलेको प्रतिश्पर्धाको युगमा आफुलाई दक्ष क्षमतावान बनाउन पनि आवस्यक रहेको हुँदा सबै सहभागीहरुले सिकेको सिपलाई आफनो घरमा पनि प्रयोगमा ल्याएर जिवनमा अगाढी बढन शुभकामना व्यक्त गर्नु भयो ।

यता, सिटिजन ईन्टरनेशनल म्यानेजमेन्ट कलेजका म्यानेजिङ डाईरेक्टर राजेन्द्र गिरीले बेरोजगार अवस्थामा रहेका युवायुवतीहरुलाई स्वरोजगार बनउने उदेश्यले यो एक महिने कुक र वेटरको तालिम प्रदान गरिएको बताउनु भयो । साथै यता सिकेको सिपलाई आफनो जिवनमा लागु व्यवसायिक रुपले संचालन गर्न सक्ने गरी तालिम प्रदान गरिएको बताउनु भयो ।

साथै तालिमको समयावधीमा पनि केही प्रशिक्षार्थीहरुले रोजगारी पनि पाएको अवस्था रहेको बताउनु भयो । तालिममा राम्रो सिप देखाउने युवायुवतीहरुलाई रोजगारका लागी कलेज पनि पहल गर्ने बताउनु भयो । यसैगरी तालिमका सहभागी कुसुम चौधरीले यो तालिम पाएको प्रती भीमदत्तनगरपालिकालाई धन्यवाद व्यक्त गरिन ।

उनले आफुले चाउमिन, समोसा, चिकेन फ्राई राईस, लगायत विभिन्न सामग्रीहरु बनाउन सिकेको र यो तालिम लिईरहँदा गार्डेन क्याफेमा काम पनि पाएको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.