संवाद समुहको पहल : लकडाउनका समयमा समस्यामा परेकाहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने पहलका विषयमा छलफल

लकडाउनका समयमा समस्यामा परेकाहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने पहलका विषयमा संवाद समुह कञ्चनपुरले मंगलवार

महेन्द्रनगर, ९ बैशाख
ओम प्रकाश पाण्डेय
लकडाउनका समयमा समस्यामा परेकाहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने पहलका विषयमा संवाद समुह कञ्चनपुरले मंगलवार भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेको छ । सुदुरपश्चिम प्रदेश सभाका सदस्यद्धय लाल बहादुर खड्का, महेशदत्त जोशी, जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ, संवाद समुह कञ्चनपुरका सदस्य एवम् पत्रकार महासंघ कञ्चनपुर शाखाका सभापति विष्णु अवस्थी, संवाद समुह कञ्चनपुरका जिल्ला सहजकर्ता गगन खत्री लगायतको सहभागिता रहेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको र लकडाउनका समयमा दैनिक गुजारा गर्न समस्यामा परेका आरक्षपीडित, भुमिहीन, मजदुर, विपन्न वर्गहरुलाई राहत वितरण तत्काल गराउनका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुको भुमिका के हुन्छ भन्ने विषयमा छलफल गरिएको संवाद समुहका प्रशिक्षक तुलसी जोशीले जानकारी दिनु भयो । उहाका अनुसार आरक्षपीडित, भुमिहीन, मजदुर, विपन्न वर्ग लगायतका दैनिक गुजारा गर्न समस्यामा परेका व्यक्तिहरुलाई विभिन्न पालिकाहरुले राहत वितरणका लागि लगत संकलन गर्दा छुटाइएको भन्ने गुनासो समेत आएकाले यस विषयमा पालिका, समन्वय समिति र प्रदेश सरकारको भुमिका के हुन्छ भन्ने सन्दर्भमा छलफल गरिएको हो । छलफलमा सहभागी सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले आरक्ष पीडित, भुमिहीन, विपन्न वर्गहरु तथा दैनिक जोहो गर्न समस्या भएकाहरुलाई राहत वितरण गर्नका लागि वडाको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । साथै उहाले राहत वितरण तथा दैनिक गुजारा गर्न समस्यामा परेकाहरुको समस्या समाधान गर्नका लागि पालिकाहरुले भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । प्रदेश सभा सदस्य लाल बहादुर खड्काले प्रदेश सरकारले समेत पालिकाहरुसंग समन्वय गरी रहेको बताउनु भयो । छलफलमा भाग लिदै जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङले राहत वितरण लगायतका दायित्वहरु अहिले समन्वय समितिसंग नभएको बताउनु भयो । छलफलमा संवाद समुह कञ्चनपुरका सदस्य एवम् पत्रकार महासंघ कञ्चनपुर शाखाका सभापति विष्णु अवस्थीले राहतमा वितरण गरीने खाद्यान्न लगायतका वस्तुहरुको गुणस्तरमा ध्यान दिनुपर्ने बताउदै त्यसको गुणस्तर चेकजाच गर्ने कार्य सम्बन्धित पालिकाहरुले गर्नुपर्ने बताउनु भयो । साथै आगामी दिनमा समेत आउन सक्ने चुनौतीका विषयमा समेत छलफल गरीएको छ । साथै लकडाउनका अवधि लम्ब्याइमा खाद्य संकट आउन सक्ने भएकाले अहिले कृषकहरुले भित्रा्इरहेको गहुबालीको भण्डारण गर्न आवश्यक रहेको समेत छलफलमा सहभागीहरुले धारणा राखेका थिए । साथै खाद्यान्न भण्डारण गर्नका लागि प्रत्येक पालिकाहरुले चिस्यान केन्द्र बनाउन समेत आवश्यक रहेको धारणा सहभागीहरुले राखेका थिए । संवाद समुह कञ्चनपुरले चलाएको छलफलका लागि धन्यवाद दिदै प्रदेश सभा सदस्यद्धय खड्का र जोशीले आगामी दिनमा पनि छलफल गर्न र संवादलाई निरन्तरता दिनका लागि समेत आग्रह गरेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट पीडितहरुलाई लकडाउनका समयमा दैनिक जोहो गर्न समस्या भएकाले बेल्डाडी गाउपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकाले राहत वितरण गरी सकेको भएपनि केही बाकी रहेका पालिकाहरुले पनि राहत वितरण गर्न नसकेकाले त्यस विषयमा समेत छलफल गरीने प्रदेश सभा सदस्य खड्काले बताउनु भयो । संवाद समुहले आरक्षपीडित, भुमिहीन, विपन्न वर्गहरुको समस्या समाधानका लागि विगत देखि नै पहल गर्दै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.