सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहालाई अस्पतालले मंगलवार डिस्चार्ज गरेको हो । दुबइबाट आएका उहामा चैत १४ गते कोरोना पुष्टि भएको थियो । उहाको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । उहा अस्पतालमा उपचार गराएपछि डिस्चार्ज हुनु भएको हो । यसअघि सेतीमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज हुनु भएको थियो । अब सेती प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
Comments are closed.