सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि निको भएर बुधबार घर फर्किए

कञ्चनपुरका एक जना संक्रमित पनि निको

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि निको भएर बुधबार घर फर्किएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट ‘नेगेटिभ’ आएपछि उहालाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार उहाको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो । यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय संक्रमित युवक निको भएर घर गइसकेका छन् । उहाहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले घर पठाइएको हो । अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका १ का ५२ वर्षीय महिलाको उपचार भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.