जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय

२१ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय

जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले बुधवारबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिर्वाय क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । विश्वभर कोरोना भाइरस सङ्क्रमण बढीरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनु भयो । उहाले कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाई सुरक्षित राख्नका लागि बुधवारदेखि लागू हुनेगरी जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको बताउनु भयो । जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धित स्थानीयतहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्यरुपमा २१ दिन क्वारेन्टिनमा राख्ने र ¥यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाँचपश्चात रिर्पाेटको आधारमा मात्र घर फर्काउन जिल्लास्थित सम्बन्धीत सबै स्थानीयतहलाई जानकारी गराईसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो । डोटीका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइमा भारतलगायत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखिएको थियो । समयावधी पुगेका र आरडीटी जाँचपश्चात सबैको रिर्पोट नेगेटिभ आएपछि सबैलाई घर पठाईएको हो । पछिल्लो समय जिल्लाको बडीकेदार गाउँपालिकाले ज्योतिपुञ्ज बहुमुखि क्याम्पस बिपिनगरमा स्थापना गरेको क्वारेन्टाइनमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई राखीएको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टाइन हाल खाली छन् ।

सम्बन्धित

Comments are closed.