महेन्द्रनगर । देउडा गायक शेरी औजी र रेखा जोशी आवाजमा गौरा विशेष शर्क बादल बोलको गीत सार्वजनिक भएको छ् ।उक्त गीत शेरी औजी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
माधव बिष्ट ,शेरी औजी र सुरत नेगीको शब्द रहेको उक्त गीतमा मिक्सिङ्ग र अरेन्ज कृष्ण बाजुरेलीले गरेका हुन् । त्यस्तै उक्त गितमा प्रकाश जोशी र एस्वर्या बिष्टको अभिनय रहेको छ । सुदूरपश्चिमेलिहरुको प्रमुख पर्व गौरा पर्वका अवसरमा गीत सार्वजनिक गरिएको चर्चित गायक औजीले बताए ।
लोकप्रिय गायक औजीका पछिल्लो समय आएका गीतहरुले निकै चर्चा कमाइ रहेका छन् । एक पछि अर्को गित बाट उनले देउडा गित सङ्गीत मार्फत सबैको मन जित्दै आइरहेका हुन ।