सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किए

अब एक जना संक्रमित मात्रै उपचाररत

सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्कनु भएको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ का महिला बिहीवार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । उहाको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उहा विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बस्नु भएको थियो भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन् । अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत हुनुहुन्छ ।

सम्बन्धित

Comments are closed.