धनगढी, १७ बैशाख
कैलालीको गौरीफन्टा नाकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सतर्कता बढाईएको छ । नाकामा मङ्गलबार स्यानिटाइजर टनेलको स्थापना गरिएकोमा बुधवारदेर्खि यापिड टेस्ट समेत सुरु गरिएको छ । यसअघि भारतबाट नेपाल भित्रिने व्यक्तिलाई स्यानिटाइज गरेर भित्रिन दिने व्यवस्थाका गरिएकोमा आज बुधवारदेखि सीमा क्षेत्रर्मै यापिड टेस्ट समेत थालिएको नाकामा रहेको स्वास्थ्य सहायता कक्षका ईन्चार्ज दिनेश ठकुल्लाले बताउनु भयो । उहाले कैलाली भित्रिने सबैर्को यापिड टेस्ट गर्न थालिएको बताउदै आज बुधवार मात्रै २६ जनार्को यापिड टेस्ट गरिएको जानकारी दिनु भयो । केही दिनअघि मात्रै सीमा नाकामा भारतबाट नेपाल भित्रिने मालवाहक सवारीमा समेत स्यानिटाइजर छर्किने व्यवस्था शुरु गरिएको थियो । भारतका विभिन्न स्थानबाट प्रदेशका लागि अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल लगायतका वस्तु भित्रिइरहेका छन् ।
Comments are closed.