१२ हजार भन्दा बढिको परिक्षण

महेन्द्रनगर, १७ बैशाख
सुदूरपश्चिम प्रदेशमा आजसम्म १२ हजारभन्दा बढीर्को यापिड टेष्ट गरिएको छ । यापिड टेष्टमा पोजेटिभ देखिएका १२ जनाको प्रयोगशालामा जाँच गर्दा कोरोना संक्रमण नभएको पाइएको छ । यस्तै कञ्चनपुरमा एक हजार ७०८ जनार्को यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । गत चैत २७ देखि सुरु गरिएको परीक्षणमा दुई जना बाहेक सबैजनाको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको पिसिआर विधिबाट परीक्षण गर्दा नजिता नेगेटिभ आएको छ। परीक्षण गर्नेमा भारतबाट फर्केकाहरु सबैभन्दा बढी छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेर्त यापिड टेष्ट गरिएको छ। यस्तै, कतार, दुबई, साउदी अरेबिया, मलेसियालगायतका मुलुकका साथै जिल्लाबाहिरबाट आउनेको पनि परीक्षण गरिएको छ। भीमदत्तत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको परीक्षण गरिएको छ। यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाँउपालिकामा ६२ जना र बेलडाँडी गाँउपालिकामा २६ जनार्को यापिड टेष्ट गरिएको छ। यस्तै, २०५ जनाको स्वाब संकलन पिसिआर विधिबाट परीक्षण गरिएको छ। जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ। रिपोर्ट आएकामध्ये एकजनामा संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित

Comments are closed.