किसान भोकमरी हुने चिन्तामा

बैतडी, १७ बैशाख
बैतडीको धेरैजसो ठाउँमा असिनापानीले गहुँबाली नष्ट गरेपछि किसान भोकमरी हुने चिन्तामा परेका छन् । केही दिनयता लगातार पररेको असिनाले गहुँबालीमा व्यापक क्षति र्पुयाएको किसानले बताएका छन् । असिनाले पाकिसकेको गहुँबाली सखाप पारेकाले यो वर्ष भोकमरी हुने देखिएको किसानहरुले बताएका छन् । खेतमा लगाएको गहुँ माटोमै मिसिएको बताउदै पुर्चौंडी नगरपालिका ८ का रामबहादुर धानुकले यो वर्ष धेरै परेको असिनाले गहुँबालीमा व्यापक क्षति र्पुयाएको बताउनु भयो । असिनाले बारीमा लगाएको सबै गहुँबाली सखाप पारेको पुर्चौंडी नगरपालिका ३ ढुंगाबिसौनका अर्जुन लुहारले बताउनु भयो । उहाले एकातिर लकडाउनले छाक टार्न मुस्किल भएको र अर्को्तिर बारीमा भएको सानोतिनो अन्न पनि असिनाले सखाप पारिदिएको दुखेसो गर्नु भयो । दैनिक परिरहेको असिनापानीले डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा गहुँबाली र तरकारी खेतीमा व्यापक क्षति र्पुयाएको छ । कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बैतडीका धेरैजसो ठाउँमा असिनाले क्षति र्पुयाएको जानकारी दिनु भयो । पहेँलो सिन्दुरे रोगले प्रभावित बाली असिनाका कारण झन् सखाप हुँदा गहुँ उत्पादनमा कमी आउने देखिएको छ । बैतडीको पाटन नगरपालिकाका केही क्षेत्रमा असिनाले गहुँमा क्षति र्पुयाएको छ भने गहुँ उत्पादन हुने मुख्य फाँटमा पहेँलो सिन्दुरे रोगले गहुँ उत्पादन घटेको छ । जिल्लाभरीको अवस्था हेर्दा यो वर्ष गहुँ उत्पादनमा निकै कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले आंकलन गरेको छ । गत वर्ष २४ हजार ५ सय मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो वर्ष गहुँको उत्पादनमा कमी आउने निमित्त प्रमुख चन्दले बताउनु भयो । बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँखेती गरिँदै आएको छ ।

सम्बन्धित

Comments are closed.