प्रहरीद्धारा शुक्लाफाँटा नगरपालिकामा लकडाउनमा कडाइ

शुक्लाफाटा नगरपालिकाले लकडाउनमा थप कडाई गरेको छ । विश्वव्यापी रुपमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपनि अत्याश्यक पसल खुल्ला हुँदा भीडभाड नरोकिएपछि नगरपालिकाले कडाई गरेका हो ।
अब अत्यावश्यक वस्तु वाहेक अन्यमा कडाई गरिने निर्णय भएको हो । नगरपालिकाले वितरण गर्ने पास समेत वन्द गरिएको नगरपालिकाले वताएको छ ।

नगरपालिकाले नगर भित्र खाद्यान्न तरकारी तथा अत्यावश्यक पसलहरु बिहान र बेलुका मात्र खोल्न दिने निर्णय गरेको नगर प्रमुख ऐरले वताए ।

नगर प्रमुख ऐरले भने–‘अत्यावश्यक भन्दा अन्य व्यापार व्यवसाय पनि सञ्चालन भएको पाईएकाले मानिसहरुको भीडभाड बढ्दा संक्रमण बढ्ने जोखिम भएकाले विहीवार देखि लागू हुने गरी थप कडाइका साथ अगाडि बढेका छौँ ।’ नगर क्षेत्रभित्र पसलहरु खुल्ला भएकाले मानिसको भीडभाड बढेको गुनासो आएपछी लकडाउनमा कडाई गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.