कार्यक्रम प्रभाव ः महिलाको उद्धार

घर फर्कन पाएको भन्दै खुसी व्यक्त

कार्यक्रम प्रभाव ः महिलाको उद्धार
महेन्द्रनगर, २० बैशाख
कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने भन्दै सरकारले गरेको लकडाउनका कारण घर जान नपाएका एक जना कञ्चनपुरका महिलालाई पालिकाको पहलमा घर पु¥याइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ शान्तिपुर घर भएका कलावती जोशी उपचारका लागि करीब डेढ महिना अघि भीमदत्त नगरपालिकाको वडा नम्बर १६ पुग्नु भएको थियो तर लकडाउनका कारण उहा घर फर्कन नसक्दा भीमदत्त नगरपालिकामै आफन्तको घरमा बसिरहनु भएको थियो । उहाले आफ्नो समस्या सामुदायिक रेडियो शुक्लाफाँटा एफ्.एम र सामुदायिक रेडियो बाह्सिंगा एफ्.एमबाट सञ्चालन हुने कोरोना संकट विशेष कार्यक्रममा राख्नु भएको थियो । कार्यक्रमबाट शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरसंग पहलका लागि आग्रह गर्दा उहाले यही बैशाख १८ गते शुक्लाफाँटा नगरपालिकाबाटै गाडी पठाई कलावती जोशी र उहाका छोराछोरी गरी ४ जनालाई उहाको घर फर्काइएको छ । आफ्नै घर फर्किन पाएपछि जोशीले कार्यक्रम मार्फत आफुले घर फर्कन पाएको भन्दै खुसी व्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.