नेपाली नागरीकहरुलाई स्वदेश फर्काउनकालागी पहल हुदै ः प्रशासन

महेन्द्रनगर, २० बैशाख
कञ्चनपुरको पारी पट्टी भारतमा रहेका नेपाली नागरीकहरुलाई स्वदेश फर्काउनकालागी पहल भइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चपुरले जनाएको छ । भारत पट्टी क्वारेन्टाईनमा रहेका २ सय ५१ जनालाई स्वदेश फर्काउनका लागी पहल भइ रहेको जिल्ला प्रशासन कार्यलय कञ्चनपुरका साहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताउनु भयो । सामुदायिक रेडियो शुक्लाफाँटा एफ्.एम र सामुदायिक रेडियो बाह्सिंगा एफ्.एमबाट सञ्चालन हुने कोरोना संकट विशेष कार्यक्रममा आज शनिवार बोल्दै उहाले जिल्ला प्रशासन कार्यालयले सम्बन्धित भारतपट्टी क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइन अवधि पुरा भएकाहरुलाई स्वेदश फिर्ता ल्याउन पहल गरी रहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गृह मन्त्रालयसंग र माथिल्ला निकायहरुसंग समन्वय गरी रहेको बताउदै सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले माथिल्ला निकायहरुको निर्णयले मात्रै भारतको क्वारेन्टानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सकिने बताउनु भयो । बैतडी र दार्चुलाका भारतसंग सीमा जोडिएका सीमानाकाहरुबाट नेपालीहरु स्वदेश फर्किसकेका भएपनि कञ्चनपुरको पारीपट्टी भारतको क्वारेन्टाइनमा रहेकाहरुलाई ल्याउन नसक्दा समन्वयको कमी भएको हो कि भन्ने प्रश्न समेत उठीरहेको छ । तर सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने बैतडी र दार्चुला प्रशासन भन्दा पहिले देखि नै आफुहरुले समन्वय गरी रहेको दाबी गर्नु भयो । माथिल्लो निकायबाट भारत स्थित क्वारेन्टाइनमा रहेकाहरुलाई स्वदेश फर्काउन निर्णय हुनेबित्तिकै आफुहरु उनीहरुलाई स्वदेश ल्याउन तयार रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.