आज विश्व प्रेस स्वतन्त्रता दिवश

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमामै धक्का

आज विश्व प्रेस स्वतन्त्रता दिवश । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमामै धक्का पुग्दछ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, प्रेसकर्मीहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गरिन्छ । आजको दिनले सामान्य जनताहरुलाई अनि संसारवासी हामीहरुलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व वुझाउने सर्वब्यापी चेष्टा गर्दछ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.