कैलालीमा हतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यही बैशाख २० गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जोख्खरतालमा केही व्यक्तिहरुसंग हातहतियार रहेको छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा क्षेत्रीय अनुसन्धान समुह ( आरआईटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको ककमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलाीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जोख्खरताल जंगलबाट १ थान कटुवा पेस्तोल, उक्त पेस्तोलमा प्रयोग गरिने गोली १ थानसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ बस्ने २१ वर्षका अविनाश थापा, सोही ठाउ बस्ने वर्ष २० का नवराज बराइली र सोही स्थान बस्ने २५ वर्षका बिनोद कुवर रहेका छन् । निजहरुके साथबाट बरामद गरिएको कटुवा पेस्तोल सहित निजहरुलाई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई उक्त हतियार निजहरुले कहाँबाट के प्रयोजनको लागि ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
Comments are closed.