महेन्द्रनगर, २२ बैशाख
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि अहिलेसम्म गरेका कार्यहरु लगायतका विषयमा सोमवार पत्रकारहरुसंग अन्र्तक्रिया गरेको छ । सो अन्र्तक्रिया कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भीमदत्त नगरपालिका क्षेत्र भित्र रहेका २ सय २७ जनाको द्रुत विधि मार्फत जाच गरिएको जानकारी दिनु भयो । नगरपालिकाले् आइसोलेसन निर्माण, भारतबाट अवैध रुपमा आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने, राहत वितरण लगायतका कार्यहरु गरेको नगर प्रमुख बिष्टले बताउनु भयो । प्रशासनबाट दिइदै आएको पासको दुरुपयोग भइ रहेको बेला नगरपालिकाले त्यसको रोकथामका लागि के गरि रहेको छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा नगर प्रमुख बिष्टले पासको दुरुपयोग नहोस् भन्नका लागि प्रशासनसंग समन्वय गर्नुका साथै पासको दुरुपयोग भए÷नभएको बारे अनुगमन समेत गरिने बताउनु भयो । नगर प्रमुख बिष्टले राहतका लागि साञ्चीकै समस्यामा परेकाहरुले मात्रै नाम टिपाउन आग्रह समेत गर्नु भयो । आगामी दिनमा राहत वितरणका अन्य चरणहरुका भने टोल विकास समितबाट संकलित नामका आधारमा राहत वितरण गरिने समेत नगर प्रमुख बिष्टले बताउनु भयो । भारतसंग सीमा जोडिएको हुनाले भीमदत्त नगरपालिका पनि जोखिममा नै रहेको बताउनु हुदै नगरप्रमुख बिष्टले सम्पुर्ण नगरवासीहरुले लकडाउनको कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । घरदेखिघरसम्म सुरक्षित हुनुपर्नेमा जोड दिदै उहाले नगरपालिकाले कोरोना रोकथामका लागि सक्दो पहल गरि रहेको बताउनु भयो । साथै उहाले यही बैशाख २५ गते कार्यपालिकाको बैठक बस्ने र आगामी आर्थिक वर्षको बजेटका लागि छलफल गरिने समेत जानकारी दिनु भयो । अन्र्तक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले नगरपालिकाले पिसिआर विध मार्फत कोराना परिक्षण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । साथै नगरपालिकाका विभिन्न स्थानहरुमा रातीको समयमा चोरीका घटनाहरु समेत बढिरहेकाले नगरपालिकाले त्यसमा समेत प्रहरीसंग समन्वय गर्दै रातीको समयमा गस्तीको कामलाई बढाउन पहल गर्नुपर्ने बताएका थिए । लकडाउनको मौका छोपि कालोबजारी भइ रहेको भएपनि नगरपालिकाले भने त्यसको अनुगमन गर्न नसकिरहेको भन्ने पत्रकारहरुको प्रश्नमा नगर प्रमुख बिष्टले नगरपालिकाले कालोबजारी नियन्त्रणका लागि पहल गर्ने बताउनु भयो ।

शुक्लाफाँटा खबर
5383 posts
Comments are closed.