धनगढी, २२ बैशाख
मास्कमा कालोबजारी गरेको भन्दै कैलालीको अत्तरिया स्थित हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएको पाईएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कका तोकिएको भन्दा ४७ प्रतिशत बढि मूल्य असुलेको पाईएपछि जरिवाना गरिएको जानकारी दिनु भयो । यस्तै म्याद नाघेको औषधी बिक्रि वितरण गरेको भन्दै कैलालीको धनगढी स्थित सरोज मेडिकललाई जरिवाना गरिएको छ । धनगढी स्थित चौराहमा रहेको सरोज मेडिकल हलले म्याद नाघेको औषधी पाँच महिनापछि पनि बिक्रि गरेको, सिरिन्ज लगायतका अन्य स्वास्थ्य समाग्रीको बिक्रि गरेको बिल जारी नगरेको भेटिएपछि २० हजार जरिवाना गरिएको हो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगरले संयुक्त बजार अनुगमनका क्रममा मेडिकलले कानून विपरीत म्याद गुज्रेका औषधी बिक्रि गरी विल समेत जारी नगरेको भेटिएपछि जरिवाना गरिएको जानकारी दिनु भयो ।
![](https://shuklaphantakhabar.com/wp-content/uploads/2019/11/Shuklaphanta-Khabar-icon-150x150.png)
शुक्लाफाँटा खबर
5288 posts
Comments are closed.