कोभिड—१९ को रोकथामलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायका बारेमा छलफल

सुझाव वा गुनासो भएमा निःशुल्क हटलाइन ११४८ मा टिपाउन अनुरोध

धनगढी, २२ बैशाख
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा रहेको प्रदेश सङ्कट व्यवस्थापन केन्द्रले कोभिड—१९ को रोकथामलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायका बारेमा छलफल गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रको बैठकमा कोभिड—१९ को रोकथामका लागि अहिलेसम्म भएका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा रोकथामका लागि थप प्रभावकारी कार्य गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्कट व्यवस्थापन केन्द्रले कसैलाई कोभिड—१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कुनै समस्या, सुझाव वा गुनासो भएमा निःशुल्क हटलाइन ११४८ मा टिपाउन अनुरोध गरेको छ । प्रदेश सरकार र प्रदेश संकट व्यबस्थापन केन्द्रले बनाएका नीति, नियम तथा कार्ययोजनाका निर्णयहरु तदारुकताकासाथ कार्यान्वय गराउन नौंवटै जिल्ला प्रशासनलाई निर्देशन गर्ने निर्णय पनि बैठकले गरेको छ । निकट भविश्यको परिस्थितिलाई आँकलन गरी कोरोना भाइरस (कोभिड १९) रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु खरिद गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिईएको छ भने प्रदेशभरमा रहेका नीजि अस्पताल, फार्मेसी, मेडिकल लगायतका स्वास्थ्य संस्थाहरु नियमित सञ्चालन गर्न निर्देशन दिने निर्णय भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.