नगर प्रवक्ताद्धारा अपशब्द प्रयोग गरिएको भन्दै आक्रोश
महेन्द्रनगर, २४ बैशाख
कञ्चनपुरको बेदकाट नगरपालिकाका नगर प्रवक्ता नरेश बहादुर सिहले पत्रकारिता पेशालाई आँच आउने गरी सामाजिक सञ्जालबाट अपशब्द प्रयोग गर्नु भएको छ । पत्रकार राजेन्द्र विष्टले बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको गाडी मंगलबार कृष्णपुर नगरपालिका बाणीमा दुर्घटना परेको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको पोष्टलाई लिएर नगर प्रवक्ता सिह पत्रकार र पत्रकारितालाई अपमान गरेका छन् । बेदकोट नगरपालिकाको जिप दुर्घटनाको यो दृश्यले घटना यथार्थ प्रमाणित गर्दा चालक बाहेकको सिटभन्दा अन्यत्र कुनै क्षति देखिएन र यो दृश्यले सिधासिधा चालक मात्र घाइते हुनुपर्नेमा अन्य व्यक्ति घाइते भई चालक कसरी सकुशल रहे त ? भन्दै पत्रकार राजेन्द्र बिष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु भएको छ । साथै उहाले बेतकोट नगरपालिकाको जिप दुर्घटना हुदा चालकले चलाएर नभइ सिकारूले चलाएका कारण दुर्घटना भएको र थप दुई बाहिरका घुमन्तेसमेत जिपमा थिए भन्दै पत्रकार बिष्टले स्टाटस लेख्नु भएको छ । नगर प्रवक्ता सिहले पत्रकार विष्टतर्फ संकेत गर्दै खोज पत्रकारिता गर्न समेत सुझाव दिनु भएको छ । उहाले दुर्घटनाको जानकारी लिन पत्रकारलाई नगरपालिका कार्यालयमा आउन भन्नु भएको छ । यस विषयमा वेदकोट नगरपालिकाका प्रवक्ता नरेश बहादुर सिहंसंग बुझ्दा उहाले कञ्चनपुरको पुर्नवास नगरपालिकाका नेकपाका नेता दान बहादुर शाहीको निधन भएको र उहाको अन्त्येष्टीमा समावेश भएर फर्कनु भएका वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दको गाडी दुर्घटना भएको शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । दुर्घटना हुनुका कारण, गाडीमा सवार व्यक्तिहरुको संख्या लगायतका कुराहरुको बारेमा नगरपालिका तथा प्रहरी कसैगंग पनि जानकारी नलिई सामाजिक सञ्जालमा पत्रकारले स्टाटस लेखेको प्रवक्ता सिहको भनाई छ । प्रवक्ता सिहका अनुसार मंगलवार गाडी दुर्घटना हुदाँ गाडीमा वेदकोट नगरपालिकाका नगर प्रमुख चन्द सहित राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी र चालक मात्रै रहेको बताउनु भयो । नगर प्रवक्ताले नै पत्रकारहरुको पेशाप्रति नै अपमानजनक शब्द प्रयोग गरेको भन्दै कञ्चनपुरका विभिन्न पत्रकारहरुले आलोचना गरेका छन् । कृष्णपुर नगरपालिका बाणी मछेली नदी नजिक राजमार्गमा मंगलबार मेयर चन्दले प्रयोग गर्दै आएको नगरपालिकाको म १ झ १०१ नम्बरको जिप से २ त ३४३७ नम्बरको ट्याक्टरसंग ठोक्किएको थियो । स्थानीयका अनुुसार नगरपालिकाको गाडी ट्रयाक्टरसित ठोक्किन पुगेको थियो ।
शुक्लाफाँटा खबर
5039 posts
सम्बन्धित