सर्पले डसेका एक किशोरीको सफल उपचार
महेन्द्रनगर, २५ बैशाख
सर्पले डसेका एक किशोरीको कञ्चनपुरको महाकाली अस्पतालमा सफल उपचार भएको छ । चैत्र २१ गते घाँस काट्ने जंगल गएका डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ७ बड्डी मलास का १८ बर्षिया किशोरी जानकी बोहराको महाकाली अस्पतालमा सफल उपचार भएको हो । यस बर्षको गर्मी र बर्षे मौसमको पुर्व सन्ध्यामा सर्पले डसेको पहिलो घटनामा सफल भएको जनाइएको छ । किशोरीका बाबु करन बोहराले घाँस काट्ने क्रममा विषालु सर्पले जानकीको हातमा डसेको बताउनु भयो । लकडाउनका कारण छोरी बाँच्ने आसै नभएको बताउदै उहाले कमै खर्चमा छोरीको सफल उपचार भएको बताउनु भयो । कतिपयको सर्पले डसेपछि लाखौँ खर्च भएपनि उहाको अहिलेसम्म सबै ८ हजार मात्रै खर्च भएको जनाइएको छ । महाकाली अस्पतालका डा. अर्जुन कुमार भट्टले बिरामी अस्पतालमा भर्ना भएपछि २४घण्टासम्म चिकित्सक एव स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिएको बताउनु भयो । एन्टिस्नेकभेनमबाट उहाको उपचार गरियो । एचबियू कक्षमा उहाको उपचार भईरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जनशक्ति र उपकरण बढ्दै गएपछि सर्पले डसेका बिरामीको उपचार भएको बताउनु भयो । उहाका अनुसार यो बर्षको पहिलो केस हो । यस अघि सर्पले डसेका बिरामीलाई धमाधम बाह्य रिर्फर गर्दै लैजान्थे, अहिले अस्पतालको प्रयासबाट उहाको अस्पतालमै उपचार भएको छ ।

शुक्लाफाँटा खबर
5393 posts
Comments are closed.