धनगढीका कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक

कैलालीको धनगढीका कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उहालाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनु भयो । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय महिलाको ६ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । दुबईबाट आएका उहाका आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किनु भएको हो । बिहीबार र शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि उहालाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । उहासंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उहाभन्दा पछाडि भर्ना भएका एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन् । योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.