चामलको आपूर्तीकर्ता फर्मलाई रु. २ लाख जरिवाना
धनगढी, ३० बैशाख
कैलालीको धनगढी उप–महानगरपालिकाले वडा नं ४ मा वितरण गरेको चामलको गुणस्तर चेकजाँच र छानबिनमा कम गुणस्तरीय चामल भेटिएपछि चामलको आपूर्तीकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई रु. २ लाख जरिवाना गरिएको छ । वडाका केहि स्थानीयहरुले राहत अन्तरगत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि धनगढी उप–महानगरपालिकाले छानबिनका लागि सम्वन्धीत निकायसंग अनुरोध गरेको थियो । बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निरिक्षक कमलबहादुर पुन मगरले छानविन पछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ( ङ) बमोजिम कशुर रहेको देखिएकाले चामलको आपूर्तीकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई २ लाख रुपैया जरिवाना गरिएको बताउनु भयो । तोकिएको जरिमाना ७ दिन सम्म दाखिला नगरेमा कारोवार बन्द गरि कार्वाही अगाडी बढाउने ब्यबस्था रहेको पनि पुनले बताउनु भयो । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले चामलको चेकजाँच गर्ने धनगढी उप–महानगरपालिका बजार अनुगमन अधिकृत योगेन्द्र चन्दले बताउनु भयो । उहाले त्यसमा पनि केहि कैफियत देखिएमा थप कार्वाही अगाडी बढाईने बताउनु भयो । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका निरिक्षक दिपक कुँवरले गलत गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने जिम्मेवारी आफुहरुको भएको बताउनु भयो । धनगढी उप–महानगरपालिकामा राहतको खाद्यान्न खरिद गर्ने ठेक्का ठाकुर ट्रेडलिङ्कले पाएको थियो । वडामा संकलन गरिएको राहत पाउनेको विवरणका आधारमा आपूर्ती कर्ता फर्मले वडामा नै खाद्यान्न पु¥याएको थियो ।
दोषीलाई कार्वाही गरिने प्रतिवद्धता
कैलालीको धनगढी उप–महानगरपालिकाले वडा नं ४ मा वितरण गरिएको राहत चामलको गुणस्तर चेकजाँच र छानविन गरि दोषीलाई कार्वाही गरिने प्रतिवद्धता ब्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै छानविनको प्रकृया अगाडी बढी सकेको बताईएको छ । अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । नेपाल सरकारले महामारी फैलिन नदिन चैत ११ गते देखि लकडाउन जारी गरेको छ । बाध्यात्कम लकडाउनका कारण मजदुर बर्गलाई छाकटार्न समस्या भैरहेको अवस्थामा धनगढी उप–महानगरपालिकाले वडातहमा गठन गरिएको सर्वदलिय सर्वक्षिय समितिले विवरण संकलन गरेर पठाएका त्यस्ता ब्यक्ति र परिवारलाई सरकारी मापदण्डमा रहेर पहिलो र दोश्रो चरणको राहत वितरणको काम भैरहेको विज्ञप्तीमा मार्फत जनाइएको छ । राहत वितरणका क्रममा यस उप–महानगरपालिका वडा नं ४ मा यही बैशाख २८ गते दोश्रो चरणमा वितरण गरिएको राहत मध्ये केहि ब्यक्तिले बुझेको राहतमा गुणस्तर नभएको चामल भेटिएको भन्ने कुराले आफ्नो गम्भीर ध्यान आकर्षण गराएको विज्ञप्तीमा भनिएको छ । साथै उप–महानगरपालिकाका सबै वडाहरुमा भैरहेको राहत वितरण कार्य रोक्न १९ वटै वडा समितिलाई आग्रह गर्दछौं विज्ञप्तीमा भनिएको छ । साथै छिटोभन्दा छिटो छानविन गरेर रोकिएको राहत वितरण कार्य सुचारु गरिने समेत विज्ञप्ति मार्फत जनाइएको छ ।
शुक्लाफाँटा खबर
4965 posts
सम्बन्धित