दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनगढी, ३० बैशाख
कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते हुनु भएको छ । कैलालीको बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ मा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार जोशीपुर गाउँपालिका वडा नम्बर ६ का २१ वर्षिय शेरबहादुर डगौंराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनु भयो । यस्तै मोटर साईकल चालक सोही ठाउका ३५ वर्षिय पर्शुराम डगौंरा भने घाईते भएका छन । घाईते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । पश्चिमबाट पुर्व तर्फ गईरहेको सु.प.प्र. ०१–००८ प ४४७४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गईरहेको से १ क ९४५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनु भयो । ठक्कर दिने ट्रक र ४१ बर्षिय चालक मान बहादुर कुवँरलाई प्रहरीले नियन्त्रण लिएको छ ।

सम्बन्धित

Comments are closed.