वनबासा नाका भएर दुई सय बढी मानिस भित्रिए

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै दुई दिनको अवधिमा दुई सय ४२ जना नेपालीलाई सिमा प्रवेश दिइएको छ। भारतीय सीमावर्ती बजार बनवसाको क्वारेन्टाइनमा ४५ दिन बसेका नेपालीहरुलाई सीमा प्रवेश दिइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार आइतबार ७५ जना र सोमबार राति एक सय ६७ जना भित्रिएका हुन्। भारतीय सीमावर्ती बजारबाट ल्याइएकाहरुलाई भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएका सबै जनाको आरडिटी परीक्षणको काम भइरहेको बताइएको छ। पिसिआर परीक्षणका लागि भने नमुना लिने काम बढाइएको बताइएको छ। आरडिटी परीक्षणपश्चात सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा उनीहरुलाई पठाइने बताइएको छ। भारतबाट ल्याइएका सबैलाई सम्बन्धित स्थानीय तहले आठ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.