महेन्द्रनगर, १ जेठ
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालको सिद्ध सामुदायिक वनमा पोखरी निर्माण कार्य सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको एक सामुदायिक वन एक पोखरी अभियान अन्तर्गत पोखरी निर्माण सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बिहिबार पोखरी शिलान्यास गर्नु भयो । उहाले वन्यजन्तुहरुलाई पानीको समस्या हुन नदिन नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान सुरु गरिएको बताउनु भयो । वन क्षेत्रमा पानीको सतह सुकेकाले वन्यजन्तुहरु मारमा रहेका बताउदै नगर प्रमुख बिष्टले त्यसका लागि पोखरी निर्माण अभियान सुरु गरिएको बताउनु भयो । यो अभियान अन्तर्गत सबै वनमा पोखरी निर्माण हुने उहाले जानकारी दिनु भयो । सिद्ध सामुदायिक वनमा अभियान अन्तर्गत पोखरि निर्माण सुरु गरिएको उहाले बताउनु भयो । सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुहरुलाई पानीको सुबिधा हुने बताउनु भयो । उहाले वनको उत्तरी क्षेत्र तालडाडामा एउटा पोखरी रहेको बताउदै अब यो नया पोखरी बन्ने र यसवाट जनावरलाई पानीका सजिलो हुने बताउनु भयो । पोखरी निर्माणका लागि रु. ९ लाख खर्च हुनेछ । सिद्ध सामुदायिक वनमा ५ सय भन्दा बढी घरधुरी छन् । यस अघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाको पाचौ नगर सभाबाट चालू आर्थिक वर्षका लागि एक सामुदायिक वन एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो । भीमदत्त नगरपालिकाको उतरी क्षेत्रमा ८ सामुदायिक वन छन् ।
शुक्लाफाँटा खबर
5042 posts
सम्बन्धित