भीमदत्त नगरपालिका १५ ले आयोजना गय्रो रक्तदान कार्यक्रम, २३ पिन्ट रगत संकलन

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ ले १८ आँै गणतन्त्र दिवशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

“गरौँ रक्तदान हुन्छ जिवनदान” भन्ने मुल नाराको साथमा भीमदत्त नगरपालिका १५ को आयोजना, नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय महेन्द्रनगर र लाईफ केयर प्याथोलोजीको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमबाट २३ पिन्ट रगत र ३५ जनाले आफनो रगत परिक्षण गरेका छन् । भीमदत्त नगरपालिका १५ का अध्यक्ष भुवनराज भट्टले आज देशैभरमा १८औँ गणतन्त्र दिवश हर्षेल्लासका साथमा मनाईरहेको अवस्थामा १५ नम्वर वडाले पनि सामाजिक कार्य अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कुनैपनि विरामीहरुको रगतको अभावले अकालमै ज्यान जान नदिन रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन कार्य संचालन गरेको बताउनु भयो । रक्तदानले नयाँ जिवन दिने भएकाले सबैले आपनो जिवनमा रक्तदान गनुृपर्ने वडा अध्यक्ष भट्टले बताउनु भयो ।

यसैगरी २५औपटक रक्तदान गर्नुभएको वडा सदस्य हरिप्रशाद भट्टले आफुले अहिले सम्म २५ पटक रक्तदान गरीसकेको र आज पनि रक्तदान गरेको बताउनु भयो ।

आफनो परिवारमा छोरी, छोरा, श्रीमती सबैले रक्तदानमा हिस्सा लिएको र हरेक तिन महिनामा सबैले रक्तदान गर्ने गरेको बताउनु भयो । पछिल्लो समय युवायुवतीहरु पनि कुलतमा लागेको धेरै देख्छौ तर रक्तदान अभियानले सबैलाई रक्तदान गर्न प्रेरित गरेको बताउनु भयो ।

भीमदत्त नगरपालिका १५ निवासी प्रकृती भट्टले आज ११औ पटक रक्तदान गरेको बताउनु भयो । सबै युवायुवतीहरुले रक्तदान गर्न मिल्नेहरुले आफनो जिवनमा रक्तदान गर्न आवस्यक रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.