कञ्चनपुर डिएफओको जमिन नेकपा बहुमतको कब्जामा

महेन्द्रनगर ।  नेकपा बहुमत कैलालीले भ्रष्टाचार र जालसाँची गरेर हडपेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको जमिन कब्जा गरेको छ ।

कैलालीको भजनी ९ स्थित एक असाहय महिलाको जमिन विभिन्न जालझेल गरि हड्पेको जमिन नेकपा बहुमत ले कब्जामा लिएको जानकारी नेकपा बुहमत निकट युवा संगठन नेता दिपेन्द्र ऐरले बताए ।

उनले वन अधिकृत ठाकुरले भ्ष्टाचारदेखि ठगी, जालसाँची गरेर अकुल सम्पत्ती कमाएको मात्रै नभई गरिबको उठिबासी हुने गरेर जमिन हडपेको दावि गरिएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले खरिद गरेको जनाउँदै आएका छन ।

सम्बन्धित

Comments are closed.