राना थारु समुदायमा भजनी चराइ मनाइदै

रानाथारु जनसमुदाय सांस्कृतिक हिसाबले धनी मानिन्छ

भजनी चराइ
ओम प्रकाश पाण्डेय
कञ्चनपुर कैलाली जिल्लामा मात्र बसोबास गर्ने मुल आदिबासी जनजाति रानाथारु जनसमुदाय सांस्कृतिक हिसाबले धनी मानिन्छ । रानाथारु समुदायले मात्र परम्परागत हिसाबले मनाउने चराई पनि एक महतत्वपूर्ण पर्व मानिन्छ। चराई तीन किसिमका हुन्छन् १) चैत की चराई २) वैशाख्खी चराई ३) जेष्ठमा पर्ने भजनी चराई भजनी चराई अन्तिम चराई हो। सबै गाउँहरूमा यो चराई प्रत्येक वर्ष नहुन पनि सक्छ । भजनी चराई एक विशिष्ट विशेषतायुक्त केवल रानाथारु समुदायले मात्र मनाउने सामाजिक सांस्कृतिक र धार्मिक महत्व झल्काउने पर्व हो। आज सोमवारकै दिन यो पर्व पर्छ (चन्द्रमासमा आधारित) चराईको अघिल्लो दिन गाउँको भलमन्साको निर्देशनमा चाकरले घरघर गएर भजनी चराईको जानकारी दिन्छ। चराईको दिन बिहानै गाउँका सम्पूर्ण घर परिवारका सदस्यहरू गाडा वा डल्लफ गाउँका दक्षिणमा, खोला वा नदी पारी नजिको बुझिया (रूखहरू भएको) ठाउँमा जम्मा हुन्छन्। यसरी जम्मा हुँदा बिहान र बेलुका पुग्ने गरी रासन र पकाउने भाँडाकुँडा साथै लिएर आएका हुन्छन्। सामान्य दाल, भात र तरकारी पकाउने चलन छ। गौवटेहरा खाना खानु भन्दा पहिले मूलपूजा सम्पन्न गरिसक्नु पर्छ। पूजामा ल्वाङ, अगयारी, थूपबत्ती, सप्तरङ्गी चिर वा नेजा, केराको बोक्राको खराउ जस्तै पाउली, सत्नजा, नरिवल र प्रत्येक भान्सामा पकाएको खानेकुराले पूजा कार्य सम्मपन्न हुन्छ। त्यसपछि मात्र खाना खाने चलन रहेको हुन्छ। दिउँसो भरि नै नाचगान विशेष गरी ठडीया नाच वा रागनी गरेर रमाउने गर्छन। वेलुका (सूर्यास्त हुनु पूर्व) खानपिन सम्पूर्ण गाउँलेहरू आ( आफ्नो घर फर्किन्छन्। उक्त चराईमा प्रयोग गरिएको चुल्हो चाहिं घर ल्याउने चलन छैन, त्यही छोडेर आउँछन्। गाउँ प्रवेश हुनु अगाडी बाटोमा गौवटेहरा वा उसले अह्राएको व्यक्तिले प्रत्येक मान्छेलाई पानीले छर्कने पछी मात्र घर फर्कने प्रचलन रहेको छ ।

सम्बन्धित

Comments are closed.