भीमदत्त–११ का नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ निवासी नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि सम्पर्कविहीन रहेका छन् । उनी भारतको हरियाणा, दिल्ली क्षेत्रबाट हराएका बताइएको छ ।

आफन्तका अनुसार अन्तिम सम्पर्क भारतको हरियाणाबाट फोन सम्पर्क गरेर आफु घरमा आउन लागेको जानकारी गराए पनि अहिले सम्म सम्पर्क हुन नसकेको बताएका छन् ।

उनका सहोदर भाई भरत सिंह धामीले रोजगारीको सिलसिलामा भारत गएका दाजु त्यसयता परिवारसँग सम्पर्कमा नआएको बताए ।

लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारजनले खोजी कार्यमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । नरेन्द्र सिंह धामीलाई कसैले देख्नुभएको वा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय अथवा परिवारजनलाई खबर गरिदिन अनुरोध गरिएको छ ।

परिवारले उनलाई सकुशल भेटिने आशा राख्दै खोजीमा सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । परिवारका सदस्यका अनुसार लामो समयदेखि खोजी गर्दा पनि उनको अवस्था तथा ठेगाना खुल्न नसकेपछि सबैसँग खोजीमा सहयोग गरिदिन आग्रह गरिएको हो ।

धामी हराएपछि परिवार निकै चिन्तित बनेको छ । मेरो दाइ नरेन्द्र सिंह धामी विगत ३ वर्षदेखि भारतको हरियाणा–दिल्ली क्षेत्रबाट सम्पर्कविहीन हुनु भएको छ ।

हामीले धेरै ठाउँमा खोजी गर्दा पनि कुनै जानकारी पाउन सकेका छैनौं । दाइको अवस्था के छ भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।

उहाँलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी छ भने कृपया परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन सबैमा अनुरोध गर्दछु । हामी परिवार उहाँको सकुशल फर्किने आशामा बसेका छौं ।”

सम्बन्धित

Comments are closed.