सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक ५५ वर्षीय पुरुषको मृत्यु

मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताउनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार ती व्यक्तिको आज बिहान ६ बजे मृत्यु भएको हो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।

सम्बन्धित

Comments are closed.