अहिले कहाँ पानी परिरहेको छ ?

महेन्द्रनगर । कञ्चनपुरमा दोधारा चाँदनी, भम्का, कालागौडी, ज्यामिखालीतिर पानी परेको छ। डडेल्धुराको गाइबादे जोगबुडा र चौरबण्डालीतिर पानी पर्यो। बैतडी गोठलापानीतिर पनि पानी परेको छ। डोटी गैरा, दिपायलतिर पनि पानी परेको छ।

अछाममा मंगलसेन, बग्गा क्याम्प लगायतको धेरैजसो ठाउँमा पानी परेको छ। सुर्खेत, दैले, जुम्लातिर पनि पानी परिरहेको छ। पछिल्लो ६ घण्टामा दार्चुला गोकेलेश्वर वरपर ठुलो पानी पर्यो। डोटी झिंग्राना, ओली गाउँ अछाममा ठुलो पानी पर्यो।

आज सुदूरपश्चिम, कर्णाली र लुम्बीनीमा भारी बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला।

तसर्थ यस महाशाखाबाट जारी हुने तीनदिने मौसम बुलेटिन नियमित हेर्नुहुन र अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि भनिएको छ ।

सम्बन्धित

Comments are closed.