एकैदिन सात हजार ४११ नेपाली भित्रिए
सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ४८ हजार
एकैदिन सात हजार ४११ नेपाली भित्रिए
महेन्द्रनगर, १६ जेठ
भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट नाकाबाट उनीहरू नेपाल भित्रिएका हुन् । सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ३५०, कञ्चनपुरको गड्डा चौकी नाकाबाट दुई हजार ७७८ र बैतडीको झुलाघाट नाकाबाट २८३ जना नेपाली शुक्रबार नेपाल भित्रिएका हुन् । योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ४८ हजार पुगेको छ । त्यसैगरी, गौरीफन्टा नाका भएर २४३ जना भारतीय नागरिक बाहिरिएका छन् । सीमामा परीक्षण नगरी उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्दा व्यवस्थापनमा समस्या आउनुको साथै जोखिमसमेत बढेको छ ।
Comments are closed.