महेन्द्रनगर, १६ जेठ
कञ्चनपुरको वेदकोट नगरपालिकामा शुक्रवारसम्म ४ सय ८ जना क्वारेन्टाइनमा रहेका वेदकोट नगरपालिकाले जनाएको छ । वेदकोट नगरपालिकाले अध्यावधिक गरेको विवरण अनुसार वेदकोट नगरपालिका वडा नम्बर १ मा रहेको गणेश आधारभुत विद्यालय, पिपलथलामा निर्माण गरिएको क्वारेन्टाइनमा २७ जना, वडा नम्बर १ कै सिद्धनाथ आधारभुत विद्यालय हात्तिथलामा निर्माण गरिएको क्वारेन्टाइनमा ३४ जना रहेका छन् । त्यसैगरी वेदकोट नगरपालिका वडा नम्बर २ मा रहेको बैजनाथ माध्यमिक विद्यालय, जडेपानीमा रहेको क्वारेन्टाइनमा ५३ जना, वडा नम्बर ३ शारदा माध्यमिक विद्यालय दैजीमा रहेको क्वारेन्टाइनमा ६० जना, वडा नम्बर ४ मा रहेको बालज्योती माध्यमिक विद्यालय, बैतडामा रहेको क्वारेन्टाइनमा ३६ जना, वडा नम्बर ५ मा रहेको सरस्वती माध्यमिक विद्यालय, धरमपुरमा रहेको क्वारेन्टाइनमा १९ जना, वडा नम्बर ६ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय, सिसैयामा रहेको क्वारेन्टाइनमा ११ जना राखिएका छन् । यस्तै वडा नम्बर ७ मा रहेको घटाल माध्यमिक विद्यालय, सुडामा रहेको क्वारेन्टाइनमा १७ जना, वडा नम्बर ८ मा रहेको बैजनाथ माध्यमिक विद्यालय, गैलनदीमा रहेको क्वारेन्टाइनमा ३४ जना, वडा नम्बर ९ क्षेत्रीय कृषी तालिम केन्द्र, सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा ३५ जना, वडा नम्बर १० मा रहेको रत्न माध्यमिक विद्यालय, चतहरीमा रहेको क्वारेन्टाइनमा ४४ जना र वडा नम्बर १० मै रहेको नवदुर्गा आधारभुत विद्यँलय, नयाँगाउमा रहेको क्वारेन्टाइनमा ३८ जना गरी कुल ४ सय ८ सय क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बस्नेमा ४४ जना महिला र ३ सय ६४ जना पुरुषहरु रहेका छन् ।
शुक्लाफाँटा खबर
5091 posts
सम्बन्धित