महेन्द्रनगर । कञ्चनपुरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यन्न शैक्षिक सामग्रीहरु सहयोग गरीएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर १ को आर्थिक सहयोगमा र सोही वडामा रहेको बैजनाथ बाल क्लबको सहकार्यमा अनाथ बालबालिकाहरुलाई सहयोग गरीएको हो ।

नेपाल राष्ट्रिय समाज कल्यण संघ (एनएनएसडब्लुए) कञ्चनपुरले उक्त बाल क्लबको गठन गरेको थियो । अनाथालयलाई एक कट्टा चामल, दाल, तरकारी, ४ दर्जन कापी, कलमहरु सहयोग गरीएको हो । कृष्णपुर नगरपालिका वडा नम्वर १ का सदस्य एवम कार्यपालिकाल सदस्य रत्ना बोहराले वडाबाट बालबलिकाहरलाई जनचेतना मुलक कार्यक्रम गर्न भनेर छुट्याएको बजेटबाट बचाएर यहाँ सहयोग गरीएको बताउनु भयो ।

धेरै सहयोग गर्न नसकेपनि केही सानो राहत स्वरुप सहयोग गरेको र सानो सानो सहयोगले नै धेरै हुने भएकाले सबैले आफनो तर्फबाट अनाथालयमा सहयोग गरीदिन आग्रह गर्नु भयो ।
साथै आफनो जन्मदिन पनि यही क्षेत्रमा आएर मनायो भने यी अबोध बा्लबालिकाहरुको मुहारमा पनि खुसी मिल्ने भएकाले आफनो घरमा रहेका अन्न लत्ताकपडाहरु पनि सहयो गरीदिन आग्रह गर्नु भयो ।
अन्य पालिका वडाहरुले पनि यहाँ सानो सहयोग गरेमा यस्मा रहेको अनाथ बालबालिकाहरुले एकछाक खान र लगाउन पाउने वडा सदस्य बोहराले बताउनु भयो ।
यसैगरी कृष्णपुर नगरपालिका १ बैजनाथ बाल क्लबका अध्यक्ष मिना धामीले यो अनाथालयमा सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनु भयो ।
साथै उहाँले पनि यो अनाथालयमा सबैले सहयोग गर्नुपर्ने र बाहिर होटलहरुमा गएर फाल्तु खर्च गर्नुभन्दा यस्ता क्षेत्रमा आएर सहयोग गर्नुपर्ने बताउनु भयो ।
समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण दत्त जोशीले वडा कार्यालय र वाल क्लबले गरेको सहयोग प्रती हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
साथै उहाँले अहिले स्थानिय प्रदेश र संघिय सरकारको पनि यो अनाथालयमा ध्यान केन्द्रित गरीदिन आग्रह गर्नु भयो ।
साथै आमा बुवा गुमाएका बालकहरु रहेको खण्डमा सहारा नपाएका बालकहरु छन भने यो अनाथालयमा ल्याएर आउन पनि आग्रह गर्नु भयो साथै पढन सक्ने विद्यालय जान सक्ने उमेरको बालकहरुलार्ई ल्याउ आग्रह गर्नु भयो ।
Comments are closed.